काठमाडौँ, कात्तिक १३ गते । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार पाँचसय रुपैयाँ बढेर अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो।
हिजो सोमबार सुनको मूल्य एक लाख ६७ हजार रुपैयाँमा कारोबार भएको सुन आज नेपाली बजारमा सुनको मूल्य एक लाख ६८ हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको छ । आज एकैदिन एक हजार पाँचसय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको हो।

चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज तोलाको दुई हजार एक सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।