काठमाडौँ, कात्तिक ११ गते । नेपाल र भारतबीचको खेल अवरुद्ध भएको एक घण्टाभन्दा बढी समयपछि खेल पुनःसुरु भएको छ । खेलको ७१औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल सुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो ।


लामो विवाद भएपछि खेल एक घण्टा भन्दा बढी समय अवरुद्ध बनेको थियो । त्यसअघि खेलको ५०औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेलो कार्ड पाउदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो ।