काठमाडौँ, कात्तिक ११ गते । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।


शुक्रबार एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यसैगरी, आज चाँदीको मूल्यमा पनि १५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।