सिड्नी, कात्तिक १० गते । अस्ट्रेलियाको सिड्नीदेखि दक्षिणपश्चिम क्षेत्रमा शनिबार भएको विमान दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । अस्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यको प्रहरीका अनुसार सिड्नीको बाहिरी दक्षिणपश्चिममा दुईवटा हल्का विमानहरू ठोक्किएर दुर्घटना ग्रस्त भएका थिए ।

सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखी दुर्घटनाग्रस्त क्षेत्रबाट टाढा रहन आग्रह गर्दै थप जानकारीको लागि अनुसन्धान भईरहेको एनएसडब्लु प्रहरीले उल्लेख गरेको छ ।

घटनास्थलमा एनएसडब्लु प्रहरी, अग्नि नियन्त्रक र एनएसडब्लु एम्बुलेन्स उपस्थित रहेको जनाइएको छ । अस्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्युरोले दुर्घटनाको कारणबारे थप अनुसन्धान गर्ने एनएसडब्लु प्रहरीले जनाएको छ ।