दाङ, कात्तिक ९ गते । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरस्थित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र९ओसिएमसी०मा सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको छ ।हिंसा प्रभावित महिला तथा बालबालिकालाई एकीकृतरुपमा स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने उक्त केन्द्रमा चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा सो केन्द्रबाट ६० जनाले सेवा लिएका हुन् ।

वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक डिला भुसालका अनुसार गत आवमा एक सय ६८ जनाले सेवा लिएका थिए । आव २०७९र०८० मा एकसय ३१ जनाले सेवा लिएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । केन्दले लैङ्गिक हिंसा प्रभावित महिला तथा बालबालिकालाई एकीकृत रुपमा स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श, चिकित्साजन्य प्रमाण सङ्कलन र संरक्षण गर्ने गर्दछ ।

त्यस्तै अल्पकालीन आश्रय, कानुनी उपचार, आवश्यकताअनुसार सुरक्षा व्यवस्था र परिवार तथा समुदायमा पुनःस्थापना एवं जीविकोपार्जनमा सहयोग गर्ने गरेको नर्सिङ निरीक्षक भुसालले बताउनुभयो । उहाँकाअनुसार सबैभन्दा धेरै १९ देखि ४९ वर्ष उमेर समूहकाले सेवा लिएका छन् ।