जेरुसेलम, कात्तिक ९ गते । दक्षिणी लेबनानमा रकेट प्रहार हुँदा पाँच सैनिकको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएको छ ।अन्तर्राष्ट्रिय समाचार माध्यम इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार मारिनेहरूमा दुई अधिकारी सहित आठौं सशस्त्र ब्रिगेडका जवानहरू रहेका थिए ।

इजरायलको सरकारी स्वामित्वको कान टिभी समाचारका अनुसार सैनिकहरूले गाउँमा आपूर्ति गरिरहेका बेला लेबनानी गाउँको एउटा घर अगाडि हिजबुल्लाहद्वारा रकेटले आक्रमण गरेको थियो । उक्त घटनामा सात इजरायली सैनिकलाई सामान्य चोट लागेको र अन्य १० जना सामान्य घाइते भएको बताएको छ ।

   यस घटनाले बुधबार र बिहीबार दक्षिणी लेबनानमा मारिएका इजरायली सैनिकको सङ्ख्या १० पुगेको छ, जबकि ११ गम्भीर घाइते भएका छन् । साथै, इजरायली वायुसेनाले बिहीबार दक्षिणी लेबनानमा हिजबुल्लाहको रडवान एलिट इकाईका कमाण्डर अब्बास अदनान मोस्लेमलाई मारेको छ । इजरायली सेनाले बिहीबार दक्षिणी लेबनानमा दुई सय भन्दा बढी हिजबुल्लाह लक्ष्यहरू आक्रमण गरका विज्ञप्तिमा भनिएको छ ।