फाइल तस्वीर
दाङ, कात्तिक ९ गते ।
दाङको तुलसीपुर उपमहानगरपालिकाकले चालु आर्थिक वर्ष २०८१÷८२ को तीन महिनामा छ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको छ । चालु आवको साउन, भदौ र असोजमा गरी सो राजश्व सङ्कलन गर्न सफल भएको होउपमहानगरपालिकाका राजश्व शाखा प्रमुख पुष्पलता घर्तीले जानकारी गराउनुभएको हो ।

राजश्व शाखा प्रमुख घर्तीका अनुसार आव २०८०÷८१ मा सो अवधिमा तीन करोड ५० लाख रुपैयाँमात्र राजश्व सङ्कलन भएको थियो । “चालु आवमा विगत वर्षभन्दा राजश्व वृद्धि हुने अनुमान गरिएको छ”, प्रमुख घर्तीले बताउनुभयो । राजश्व चुहावट रोक्नुका साथै सरसफाई, व्यवसायलगायतमा कर लिन थालिएकाले राजश्व बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ । उल्लेख्य रुपमा राजश्व सङ्कलन भएको छ ।”

चालु आवमा ५० करोड रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको प्रमुख घर्तीले बताउनुभयो । गत आवमा ३६ करोड रुपैयाँमात्र राजश्व सङ्कलन भएको थियो । चुहावट रोक्ने तथा करको दायरा फराकिलो बनाउनेतर्फ उपमहानगरपालिकाले जोड दिएको छ ।