काठमाडौँ, कात्तिक ८ गते । साताको पाँचौँ दिन आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक सातासम्म निरन्तर बढेर दिनप्रतिदिन उच्च मूल्यको नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्यमा आज प्रतितोला सात सय रुपैयाँले गिरावट आएको हो ।

नेपाली बजारमा सुनको मूल्य आज एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो बुधबार प्रतितोला एक लाख ६६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको मूल्यमा पनि आज सामान्य गिरावट आएको छ । अघिल्लो कारोबार दिन तोलामा ३५ रुपैयाँ बढेको चाँदीको मूल्य आज ४० रुपैयाँले घटेर प्रतितोला दुई हजार ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।