फाइल तस्वीर
नयाँ दिल्ली, कात्तिक ६ गते ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुसको भ्रमणमा निस्कनु भएको छ । भारतीय प्रधानमन्त्री मोदी रुसको काजानमा हुन लागेको ‘ब्रिक्स शिखर सम्मेलन’मा सहभागी हुन त्यसतर्फ जानुभएको हो ।

भारतीय प्रधानमन्त्री मोदी सामाजिक सञ्जातमार्फत् आफु रुसको काजान प्रस्थान गन लागेको सार्वजनिक गर्नुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले ब्रिक्सको १६ औँ शिखर सम्मेलन भारतका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यस शिखर सम्मेलनमा धेरै ठुला विषयहरूमा छलफल हुने बताउनुभएको छ । प्रधानमन्त्री मोदीले ब्रिक्स शिखर सम्मेलनमा धेरै नेताहरूसँग आफुले भेटघाट गर्ने बताउनुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले यसअघि गत जुलाई ८ र ९ तारिखमा पनि रुसको भ्रमण गर्नुभएको थियो । रुस र युक्रेनबीच युद्ध भइरहेको समयमा मोदीको उक्त भ्रमण विवादित बन्न पुगेको थियो । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले युक्रेनको भ्रमण गरेर विवादलाई मन्थर गर्ने प्रयास गर्नुभएको थियो ।

ब्रिक्स विकासशील अर्थतन्त्र भएका राष्ट्रहरूको समूह हो । यो समूहमा रुस, चीन, भारत, ब्राजिलसहित दक्षिण अफ्रिका समेत सामेल छ ।