पोखरा, कात्तिक ५ गते । गण्डकीको वन तथा वातावरण मन्त्रीमा लमजुङका प्रदेशसभा सदस्य भेषबहादुर पौडेल नियुक्त हुनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस सांसद पौडेललाई आज सोमबार वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।


यसअघि स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले छोड्नुभएको यो मन्त्रालयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई नियुक्त गर्नुभएको हो ।

योसँगै गण्डकी सरकारले पूर्णता पाएको छ । पछिल्लो समय महामन्त्री गगन थापा निकट मानिनुभएका संस्थापन इतर समूहका पौडेललाई थापाकै जोडमा मन्त्री बनाइएको हो । पौडेलको आजै प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको बताइएको छ ।