मनाङ, कात्तिक ४ गते। मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एकजना पर्यटकको मृत्यु भएको छ । ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्याण्डका नागरिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्याण्डका नागरिक राहदानी नं एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । राति सकुशल सुतेका निज बिहान नउठेपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको उहाँले बताउनुभो । 

“लेक लागेर मृत्यु भएको छ भन्ने खबर आज बिहान सुरक्षामा खटिएका गार्ड कर्मा शेर्पामार्फत प्राप्त भएको हो”, प्रहरी निरीक्षक केसीले भन्नुभयो, “सूचना प्राप्त भए लगत्तै घटनास्थलमा पुगेर उद्धार गरी हेलिकप्टर मार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ ।” उहाँले १० विदेशी र २३ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिनुभयो ।