फाइल तस्वीर
काठमाडौँ, कात्तिक ४ गते । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला छ सयले वृद्धि भइ आज आइतबार एक लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले वृद्धि भएको छ । चाँदीको मूल्य आजका लागि दुई हजार ७५ रुपैयाँ निर्धारण भएको छ । जबकी शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय नेपालमा सुन र चाँदीको मूल्य निरन्तर उकालो लागेको छ । सुन र चाँदीको मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ ।