बाजुरा, कात्तिक ४ गते । खप्तड छेडेदह गाउँपालिकाको आटीचौरमा शनिबारदेखि छैटौँ छेडेदह गोल्ड कप सुरु भएको छ । छेडेदह स्पोर्टस् क्लबको आयोजनामा प्रतियोगिता भएको हो ।

प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई तीन लाख र उपविजेतालाई दुई लाख प्रदान गरिने छ । खप्तड छेडेदह गाउँपालिका–७ आटीचौरमा २०७६ सालदेखि हरेक वर्ष यो प्रतियोगिता आयोजना हुँदै आएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य पदमबहादुर शाहीले खेल क्षेत्रको विकासका लागि पालिकाले हरेक साझा नीति तथा कार्यक्रम बनाउन आवश्यक रहेको बताउनुभयो ।