फाइल तस्वीर
सिड्नी, कात्तिक ४ गते । सिड्नी एयरपोर्टमा एयर न्युजिल्यान्डको विमानमा बमको धम्की आएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएको छ । अन्तर्राष्ट्रिय समाचार माध्यम स्काई न्युज अस्ट्रेलियाका अनुसार, १ सय ४० यात्रु बोकी वेलिङटनबाट सिड्नीका लागि प्रस्थान गरेको एयर न्युजिल्यान्डको उडानमा यस्ता धम्की प्राप्त भएको थियो ।

फ्लाइट एनजेड–२४७ बेलुका ५:४० बजे वेलिङटनबाट विमान सकुशल अवतरण भएको रिपोर्ट गरिएको छ । रिपोर्टअनुसार, विमानलाई टार्माकमा रोकिएपछि एयर न्युजिल्यान्डले सुरक्षा खतराको सम्भाव्यताबारे सचेत रहेको पुष्टि ग¥यो ।

‘हामी स्थानीय अधिकारीहरूसँग काम गरिरहेका छौँ र त्यस्ता घटनाहरूका लागि स्थापित मानक प्रोटोकलहरू पछ्याउँदैछौँ’ एयरलाइन्स्का सुरक्षा अधिकारी क्याप्टेन डेभिड मोर्गनले एक विज्ञप्ति मार्फत उल्लेख गर्नुभयो । रासस/सिन्ह्वा