फाइत तस्वीर
काठमाडौँ, कात्तिक २ गते ।
नेपालमा जारी साफ महिला च्याम्पियनसिप–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । समूह ‘बी’ को आज भएको पहिलो खेलले श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलले हराएको हो ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई हराउँदै तीन अङ्क जोड्न सफल भएको छ । श्रीलङ्काका लागि इमिशा अनुराधिनीले सुरुवाती खेलको १८औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएकी थिइन् । अन्तत इमिशाले गरेको गोल नै श्रीलङ्काको जितका लागि पर्याप्त भयो ।

सोही समूहमा रहेको नेपालले आज साँझ भुटानको सामना गर्दैछ ।