फाइल तस्वीर
धनगढी, कात्तिक १ गते । भारतबाट अवैधरुपमा ल्याइएको चिनी प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट ल्याइएको करिब १६ लाख ८७ हजार रुपैयाँ मूल्य बराबरको साढे २० क्विन्टल चिनीसहित गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले सुपप्र ०१००१ च ३९५७ नम्बरको गाडीमा प्रतिबोरा ५० किलो तौल भएको ४१ बोरा अवैध चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका साढे २० क्विन्टल चिनीसहित गाडीलाई कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।