काठमाडौँ, कात्तिक १ गते । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्य बढ्दै ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ६ सय रुपैयाँले वृद्धि भएको हो ।


साताको पाँचौ दिन आज बिहिबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन हिजो बुधबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार ८ सय रुपैयामाँ कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो बुधबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।