विराटनगर, असोज ३० गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की जनताका पहिलो सरकार बर्दी लगाएको प्रहरी भएकाले जनतालाई निराश बनाउने काम प्रहरीले गर्न नहुने बताउनुभएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ‘६९औँ प्रहरी दिवसका–२०८१’ का अवसरमा आयोजित विशेष कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले अपराधीलाई कानुनको दायराभित्र ल्याउनसक्ने नेपाल प्रहरी अन्तर्राष्ट्रियस्तरमा पनि ख्याति कमाएको प्रसङ्ग उल्लेख गर्नुभयो । उहाँले आफूलाई सबल र सक्षम साबित गर्न प्रहरी सङ्गठन समयानुकूल बत्रुपर्ने धारणा राख्नुभयो ।
उहाँले प्रहरी समायोजन भएमा कोशी प्रदेश प्रहरी सङ्गठनलाई दुई वर्षभित्र साधन र स्रोतले सम्पत्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले भत्रुभयो, “सङ्खीय सरकारले प्रहरी ऐन बनाएर छिट्टै प्रदेश सरकारलाई प्रहरी समायोजन गर्नुपर्छ ।” सात दशक इतिहास बोकेको नेपाल प्रहरी अहिले पनि साधन र स्रोतले सम्पत्र हुन नसक्नु दुःखद विषय हो भन्दै सङ्खीयताको कार्यान्वयनसँगै प्रदेश सरकारले प्रहरी संरचना सवारीमा ठूलो लगानी गरेको जानकारी दिनुभयो ।
सूचना प्रविधिको विकाससँगै प्रहरीले पनि आफूलाई सोही स्तरमा परिवर्तन गर्नुपर्ने भन्दै मुख्यमन्त्री कार्कीले भत्रुभयो, “जनताको जीउधनको सुरक्षा गरेर समाजमा सुशासन कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण छ ।” उहाँले प्रदेश सरकारले प्रहरीको माध्यमबाट शान्तिसुरक्षा, सुशासन र शासकीय पद्धति सुधार गर्न प्रयत्नशील छ भन्दै प्रहरीको विशिष्ट भूमिकाले नै जनता वर्तमान व्यवस्थाप्रति नतमस्तक छ भत्रुभयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले नेपाल प्रहरीले शान्तिसुरक्षाका अतिरिक्त आपत्विपद्का घटनामा खेलेको भूमिकाको सराहना गर्नुभयो । उहाँले नेपाल प्रहरीको कार्यक्षमता, दक्षता र व्यावसायिकता सशक्त हुनुपर्ने भन्दै प्रदेश सरकारले प्रहरीका ५८ भवन, १४ प्रहरी भ्यान र सयौँ मोटर साइकल वितरण गरेको जानकारी दिनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नेपाल प्रहरीले दबाब र प्रभावमा काम गर्न नुहने बताउनुभयो ।
कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले नेपाली जनताको मनमस्तिष्कमा बस्न सफल नेपाल प्रहरीको छवि उच्च रहेको स्पष्ट पार्नुभयो । वरिष्ठ प्रहरी उपरीक्षक जय सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक एवं समादेशक भीमबहादुर दाहालले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा महिला बालबालिकाका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने २५ राशिको पुरस्कार सुशीला श्रेष्ठ र ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने २५ राशिको पुरस्कार पाँचथरका वरिष्ठ प्रहरी सहायक निरीक्षक कुलबहादुर थापालाई प्रदान गरियो । सोही अवसरमा कोशी प्रदेशमा सबैभन्दा सर्वाेत्कृष्ट कार्य गर्ने वरिष्ठ प्रहरी नायब निरीक्षक गोपालबहादुर थापालाई एक लाखको पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो ।