फाइल तस्वीर
काठमाडौँ, असोज ३० गते ।
पहेँलो धातु सुन र सेतो धातु चाँदीको मूल्य बढेर पुनः नयाँ रेकर्ड बनाएको छ । सुन र चाँदीको भाउ एक वर्षदेखि निरन्तर बढिरहेको छ ।

आज बुधबार बजार खुल्दा सुनको भाउ हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि गत १८ गते उच्चतम मूल्य कायम हुँदा १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा भएको सुनकोे मूल्य वृद्धिले नेपालमा पनि सुनको मूल्य दिन प्रतिदिन उकालो लागिरहेको छ ।

अघिल्लो दिनको तुलनामा आज बुधबार एकै पटक छापावाल सुनमा प्रतितोला एक हजार ३ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदी प्रतितोला २५ रुपैयाँले बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार नौं सय २५ रुपैयाँ कारोबार भएको भएको थियो । आज बुधबार प्रति एक हजार नौ सय ५० रुपैयाँ तोकिएको छ । यस अघि असोज २० गते चाँदीको मूल्य प्रतितोला एक हजार नौं सय ८५ रुपैयाँसम्म पुगेको थियो ।