तस्वीरमा धम्म दीक्षा
नवलपरासी, असोज २९ गते ।
धम्म दीक्षा दिवसका अवसरमा सरावल गाउँपालिका–७ स्थित भुजहवा पञ्चशिल बुद्ध विहारमा सोमबार कार्यक्रम आयोजना गरिएको छ । तत्कालीन सम्राट अशोकले कलिंग राज्यमाथि विजय प्राप्त गरेरपश्चात् असोज महिनाको शुुक्लपक्षको दशमीको दिन धम्म दीक्षा आयोजना गर्ने परम्परा रहिआएको छ ।

विश्व बौद्ध धम्म सङ्घ  नेपालका अध्यक्ष बालचन बौद्धका अनुसार सम्राट अशोकले पुज्य भन्ते मोग्गली तिस्स पुत्तबाट बौद्ध धम्मको दीक्षा लिएर बौद्ध धम्मलाई राज धम्म बनाउनुभएको थियो । यसपछि गौतम बुद्धको जन्मस्थल लुुम्बिनीमा अशोकस्तम्भ निर्माण भएको बताइएको  छ । सोदिनलाई अशोक विजया दशमीको नामबाट बुुझिने जनाइएको छ  । 

 भगवान् गौतमबुद्धको अष्टधातुुलाईु आठ भागमा वितरण गरेकोमध्ये रामग्राम स्तूप पनि हो । यसलाई उत्खनन गर्न आउने क्रममा त्यहाँका नागवंशीले उत्खनन गर्न नदिएपछि फर्केका थिए । कार्यक्रममा अधिवक्ता मनोजकुमार नागवंशीले रामग्राम स्तूपालाई उत्खनन गर्न नदिनका लागि नागवंशीले आफ्नो ज्यानसमेत दिन त्यार भएपछि सम्राट अशोकले फर्केका थिए बताउनुभयो । 

अध्यक्ष बालचनको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सरावल–७ का वडाध्यक्ष हेयात खान धुनिया लागायतको उपस्थिति रहेको थियो ।