काठमाडौँ, असोज २२ गते । हालैको बाढीपहिरोबाट पीडित भएकाहरुको सहयोगार्थ कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँको सरकारी निवासमा आज कोषका प्रमुख प्रशासक जीतेन्द्र धितालसहित सञ्चालक सदस्यले दुई करोडको चेक हस्तान्तरण गर्नुभयो ।
यसैगरी, नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष लक्ष्मी कुँवरले पाँच लाख ५५ हजार ५ सय ५५ रुपैयाँको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।