काठमाडौँ, असोज २१ गते । साताको दोस्रो दिन आज सोमबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजारमा कारोबार भएको सुन आजका लागि भने एक लाख ६० हजार ५ सय रुपैयाँ निर्धारण भएको हो ।

यस्तै चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।