काठमाडौँ, असोज १९ गते । काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायलक्स गाडी आज बिहान नुवाकोटको काफलडाँडामा दुर्घटना भएको छ । बा१४च ३८५४ नम्बरको गाडी आज बिहान करिब ८ बजे टोखा–छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा चालकको मृत्यु भएको हो ।

दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको र घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृत्यु भएका चालकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । उक्त गाडीमा ६ जना सवार थिए ।