काठमाडौँ, असोज १८ गते । साताको छैटौं दिन आज शुक्रबार स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६० हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला एक लाख ६१ हजार तीन सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला तीसले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार नौ सय ८० निर्धारण भएको छ ।