मकवानपुर, असोज १६ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रदेशसभाको चौथो अधिवेशन आज रातिदेखि अन्त्य गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस भई आएअनुसार, संवैधानिक प्रक्रिया पूरागरी प्रदेशसभा बैठकको अन्त्य गर्नुभएको हो ।

प्रदेश प्रमुख सचिवालयका कानुन अधिकृत प्रकाश चापागाईंका अनुसार प्रदेशसभाको गत असोज ६ र ७ गते बसेको बैठकमा सभामुख भुवनकुमार पाठकले अनिश्चितकालका लागि बैठक स्थगित भएकोे थियो ।