काठमाडौँ, असोज १३ गते। क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खला अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ ।

क्यानडाको किङ्ग सिटीमा हुने उक्त खेल नेपाली समय अनुसार राति ९स्४५ बजेदेखि सुरु हुनेछ । शनिबार राति भएको उक्त शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो ।

ओमानको भने टि–ट्वान्टी क्रिकेट शृङ्खलामा यो पहिलो खेल हो । आज दुवै टोली शृङ्खलाको पहिलो जीतको खोजीमा छन् । यस अघि क्यानडामा भएको क्यानडा, ओमान र नेपाल सम्मेलित त्रिकोणात्मक एक दिवसीय शङ्खलाको सबै खेलमा नेपाल पराजित भएको थियो ।