प्रतिकात्मक तस्वीर
उदयपुर, असोज १३ गते ।
जिल्लाको रौतामाई गाउँपालिका–१ की १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । ओडारे खोलामा आएको बाढी परी तामाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार तामाङको खेतमा काम गरेर घर फर्कने क्रममा ओडारे खोलाले बगाउँदा शनिबार मृत्यु भएको हो । हिसिला साँझ अबेरसम्म खेतबाट घर नफर्केपछि निजका परिवार आफन्तले खोजीका क्रममा खोला किनारमा उनको शव फेला पारेका थिए । रासस