फाइल तस्वीर: बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन
मकवानपुर, असोज १२ गते ।
बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई पितृशोक परेको छ । युवा तथा खेलकुदमन्त्रीका पिता हरिकृष्ण महर्जनको ८४ वर्षको उमेरमा गएराति निधन भएको हो ।

निमोनियाको उपचारका निम्ति गत बिहीबारदेखि ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल भर्ना हुनुभएका हरिकृष्ण महर्जनको गएराति निधनभएको मन्त्री महर्जनको परिवारका एक सदस्यले जानकारी दिनुभयोे । उहाँका श्रीमती, पाँच छोरा र एक छोरी हुनुहुन्छ । पशुपति आर्यघाटमा आजै उहाँको अन्येष्टि गरिने छ ।