काठमाडौँ, असोज ११ गते । आज विश्व पर्यटन दिवस । यस वर्षको संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनले तय गरेको नारा ‘पर्यटन र शान्ति’ छ । यही नारा प्रबद्र्धन गर्न यो संगठनले संसारभर पर्यटन दिवस मनाउने र यी कार्यक्रमहरुमा पर्यटन र शान्तिबारे बहस चलाउने, समीक्षा गर्ने, पर्यटनलाई शान्तिमैत्री र युवा केन्द्रित बनाउने उद्देश्य राख्यो । यही क्रममा आज जर्जियाको राजधानी तिब्लिसीमा भब्यरुपमा विश्वका पर्यटन मन्त्रीहरु र पर्यटन क्षेत्रका ब्यक्तिहरु भेला भई पर्यटन दिवस मनाइरहेका छन् । शान्ति र पर्यटनबीचको सम्बन्धलाई निम्न विभिन्न आयामसँग जोडेर हेर्न सकिन्छ ।
१) पर्यटन र शान्तिको अन्तरसम्बन्ध ः

संसारभरको अनुभवले के देखाएको छ भने पर्यटनले शान्ति प्रबद्र्धन गर्न जनतालाई एकै ठाउँमा ल्याउँछ, अर्थतन्त्र सुदृढ गराउँछ, र एक अर्का देश, भाषा, संस्कृतिबीच अनुभव आदान–प्रदान गर्दछ । यी सबै अभ्यासबाट द्वन्द्व समाधान र शान्ति प्रबद्र्धनमा प्रत्यक्ष योगदान पु¥याउँछ ।
२) स्थानीय रोजगारी सिर्जना र शान्ति ः

पर्यटन यस्तो व्यवसाय हो जसले होटल, रेष्टुरेन्ट, टुर गाइड, ट्रेकिङ्ग, कृषि, यातायात, ¥याफटिङ्ग, क्लाम्बिङ्ग दर्जनौं पेशालाई एकै ठाउँमा सहकार्यको लागि ल्याउँछ । यसले गर्दा एकैचोटी धेरै स्थानीय मानिसले काम पाउँछन् । बेरोजगारी द्वन्द्वको कारण भएको र रोजगारीमार्फत द्वन्द्वको कारणको सम्बोधन भई शान्ति प्रबद्र्धनमा सहयोग पु¥याउँछ ।
३) दिगो विकासको लक्ष्य हाासिल गर्न ः

संयुक्त राष्ट्र संघले तय गरेको १७ वटा दिगो विकासको लक्ष्यहरुमध्ये उद्देश्य १६ प्रत्यक्ष शान्ति प्रबद्र्धन, न्याय र सशक्त संगठनहरुको वकालत गर्दछ । त्यसैले यो उद्देश्यसँग पर्यटन र शान्ति पनि जोडिएको छ । पर्यटनले कसरी शान्ति प्रबद्र्धन गर्दछ भन्ने एउटा सशक्त उदाहरण ल्याटिन अमेरिकी देश कोष्टारिका पनि हो, जहाँ लगभग ५१ लख ३५ हजार जनसंख्या भएको देशमा वर्षको ३४ लाखसम्म पर्यटन जान्छन् ।
४) पर्यटन र सामाजिक न्याय ः

पर्यटनबाट स्थानीय मानिसले रोजगारी पाएपछि उनीहरुको सामाजिक, आर्थिक अवस्था सुदृढ हुँदै जाने र यसले उनीहरुलाई न्याय माथि पहुँच स्थापित गर्न, बालबच्चालाई शिक्षा दिन सहज भई यसले समाजमा सामाजिक न्याय स्थापना गर्न समेत मद्दत गर्दछ । यसरी आर्थिक असमानता घटाउँदै लैजाँदा यसले लोकतन्त्रको आधार समेत फराकिलो पार्दछ ।
५) शान्ति सम्बेदनशील पर्यटन र सामाजिक उत्तरदायित्व ः
कुनै पनि देशमा द्वन्द्वको कारण सम्बोधन गरी शान्ति प्रबर्धन गर्न पर्यटनले सिर्जना गर्ने अवसरहरु (रोजगारीमूलक, समुन्नति केन्द्रित, सामाजिक न्यायमा स्थापना गर्ने, सुशासनमा योगदान) दिने गरी गर्नु पर्दछ । यसको लागि पर्यटनको क्षेत्रमा आफँैले आचारसंहिता तयार गरी यो यो गर्ने, यो यो नगर्ने भन्ने परिभाषा बनाई कार्यान्वयन गर्नु पर्दछ । यसरी आफ्नो आचारसंहिता भएको र पालना गरिएको पर्यटनलाई जिम्मेवारी पर्यटन पनि भनिन्छ ।

६. पोखरा पर्यटन परिषदको योगदान ः

विश्वका धेरै देशले नगरेको र हाम्रै देशमा पनि अभ्यास नभएको यो पर्यटन आचारसंहिता र सामाजिक उत्तरदायित्वसम्बन्धी साझा प्रतिबद्धता पोखराका पश्चिमाञ्चल होटल ब्यवसायी संघ, ट्रकिङ्ग एजेन्सी नेपाल, रेष्टुरेन्ट एण्ड बार एसोशिएसन, हवाई खेल संघ, पोखरा चेम्बर्स एण्ड इन्डष्ट्रिज, ट्रेकिङ्ग इक्युपमेन्ट सप एसोशिएसन, इम्ब्रोयडरी एण्ड गार्मेन्ट एसोशिएसन, ट्याक्सी इन्टरप्रिन्यूएरस् एसोशिएसन, पोखरा बस इन्टरप्रिन्युएरस् एसोशिएसन, टुज्जिम वर्कर्स युनियन–कास्की, युनियन अफ ट्रेकिङ्गस्, ट्राभल्स, ¥याफटिङ्ग र एयरलाइन वर्कर्स एसोशिएसन र नेपाल पत्रकार महासंघलगायतका १५ संस्था २०७० असोजमा एकै ठाउँमा आर्ई दस्ताखत गरेका थिए । यसको उद्देश्य नै पर्यटन ब्यवसायले द्वन्द्वलाई सहयोग पुग्ने काम नगर्ने र शान्ति प्रबद्र्धनमा सहयोग पुग्ने काम गर्ने तथा सामाजिक जिम्मेवारी पूरा गर्ने थियो । यो काम नेपाल सरकारले आफ्नो नीति र कानूनमै समावेश गरी नेपालको पर्यटन क्षेत्रलाई शान्तिमैत्री, स्वार्थको द्वन्द्व नबाझिने कार्यगत आचरण सुनिश्चित गर्नु पर्नेमा अहिलेसम्म गरेको देखिदैन ।
नेपाल सरकारले शान्तिमैत्री पर्यटन प्रबद्र्धनमा गर्नु पर्ने कार्यहरुः

क) पर्यटनमैत्री शान्तिको अवधारणा समावेश गर्ने
शान्तिको अवधारणालाई पर्यटनका नीति, रणनीति, कार्ययोजना, गुरुयोजना र कानून तथा नियमावलीहरुमा समावेश गरी ‘शान्तिमैत्री पर्यटन’को मूल मान्यता स्थापित गराउन आवश्यक छ । हालसम्म नेपाल सरकारका आधिकारिक दस्तावेजहरुमा शान्तिमैत्री पर्यटनको प्रष्ट परिभाषा, खाका र अवधारणा देखिदैन । शान्तिमैत्री पर्यटनको अवधारणा विश्व पर्यटन परिषद्ले ल्याउनु आफैँमा राम्रो पक्ष हो र अव राष्ट्रहरुले पनि यो अवधारणालाई कार्यान्वयनमा लान सहजीकरण गर्न आवश्यक छ ।
ख) नीति निर्माणः
नेपालको मौजुदा पर्यटन नीति पुरानो छ, समसामयिक र संघीयताको मर्म अनुरुपको छैन, पर्यटन क्षेत्रको गतिशीलता धान्न सक्ने खालको छैन । यसमा समन्वयको अभाव छ, ब्यवसायी र पर्यटकहरुलाई सहजीकरण र सहयोग गर्ने भन्दा नियन्त्रणमुखी छ । अब यी सबै कमीकमजोरीहरुको सम्बोधन गर्ने गरी पर्यटन प्रशासकीय सेवा एकद्वारबाट मात्र र छोटो समयमै उपलब्ध गराउने सुनिश्चिततासहित बनाउन आवश्यक छ ।
ग) पर्यटन ऐन र संस्थागत संरचनामा सुधार ः

पर्यटन क्षेत्र अपेक्षाकृत परिणाम दिन नसक्नु, वार्षिक २५ लाख पर्यटकलाई सुविधा दिन सक्ने नेपालको अहिलेको क्षमता भएर पनि ९–१० लाख पर्यटक भित्राउन नसक्नु, नीजि क्षेत्र उत्साहित भएर लगानी गर्ने वातावरण नबन्नु र पर्यटन क्षेत्रको सम्भावनापूर्ण रुपमा उजागर गर्न नसक्नुमा नेपाल सरकारका नीति, कानून र संस्थागत संरचना समयसापेक्ष, पर्यटक सहयोगी र पर्यटनको निजी क्षेत्रका समस्या सम्बोधन गर्न नसक्ने भएरै हो । बर्षेनी करोडौ खर्च गर्ने नेपाल पर्यटन बोर्ड मन्त्रालयको छाँयामा छ, अपेक्षित रुपमा काम गर्न सकेको छैन । त्यसैले अव पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, बिभागहरु समेतको एकद्वार पर्यटन सेवाको अवधारणा कार्यान्वयन गर्ने गरी पुनर्संरचना गर्ने, कानून, कार्यविधि र नीति पनि सोही अनुरुप तर्जुमा गर्ने गरी परिमार्जन आवश्यक छ ।
घ) सार्वजनिक–निजी साझेदारीः
नेपालको पर्यटन क्षेत्रलाई यसको सम्भावना अनुसार फस्टाउन दिने हो भने अवको नीतिले पर्यटनको क्षेत्रमा ‘सार्वजनिक–निजी साझेदारी’ मोडल कार्यान्वयनमा ल्याउन आवश्यक छ । पर्यटन यति बृहत्त छ कि यसको बिकासको लागि दूरदृष्टी, पूर्ण प्रतिबद्धता, सहयोगी नीति तथा कानून र पर्यटन क्षेत्रभित्र ब्यापक सहकार्य आवश्यक हुन्छ । यसमा सरकारले निजी क्षेत्र अटाउने र पर्यटन प्रबद्र्धन फस्टाउने गरी उपयुक्त वातावरण (ऐन–कानून, संस्थागत संरचना, नीति–कार्यनीति) बनाउन अपरिहार्य छ । अहिलेको अति प्रशासन केन्द्रित, स्वार्थ निर्देशित र नियन्त्रणको मान्यता र अभ्यासबाट सम्भव छैन । यसको परिवर्तनबाट मात्र नेपालमा ‘शान्तिमैत्री पर्यटन’ सुनिश्चित गर्न सकिन्छ । पर्यटन ब्यवसाय पारदर्शी, आचरणयुक्त, जवाफदेहीपूर्ण, पर्यटकमैत्री, राज्यका ऐन–कानून र नीति नियमसंगत तरिकाले सञ्चालन गर्ने काम पर्यटन ब्यवसायी÷निजी क्षेत्रको हो भने यसको कार्यान्वयनको लागि आवश्यक पर्ने सबै वातावरण बनाई दिने राज्यको दायित्व र जिम्मेवारी हो ।
ङ) शान्तिमैत्री पर्यटनका अरु पात्रहरु परिचालनः
शान्तिमैत्री पर्यटन प्रबर्धन भन्नासाथ पर्यटन क्षेत्र विस्तारको अलावा अनुसन्धान, प्रशारण आदि आवश्यक पर्दछ । विश्वविद्यालयहरुले अनुसन्धान गर्ने र राज्यलाई सुझाव दिने तथा नागरिक सङ्घसंस्थाहरुले खबरदारी गर्ने, सञ्चार जगतले यो क्षेत्रको प्रचारप्रसारमा लाग्दा परिणाम राम्रो आउँछ ।
च) पूर्वाधार विकासः
शान्तिमैत्री पर्यटनको लागि आवश्यक पूर्वाधारहरु जस्तै अभ्यास केन्द्रहरु, शान्तिमैत्री पर्यटन तालिम केन्द्रहरु, लुम्बीनीको गुरुयोजना अनुसार विस्तार, शान्तिमैत्री पर्यटनका दक्ष जनशक्ति बिकास र पर्यटनका अरु पूर्वाधारहरु जस्तै हवाई क्षेत्र (पोखरा र लुम्बीनीमा अन्तर्राष्ट्रिय उडान सञ्चालन) महत्वपूर्ण पर्यटकीय स्थलहरुसम्म पुग्ने पहुँच बिस्तार आदी गर्न अति आवश्यक छ ।
छ) राष्ट्रिय पर्यटक रणनीतिक योजना :
राष्ट्रिय पर्यटक रणनीतिक योजना (२०१६–२०२५) को परिमार्जन वा नयाँ निर्माण गर्दा शान्तिमैत्री पर्यटनलाई थप सशक्त बनाउन आवश्यक छ । दीर्घकालीन सोच सहितको, एकिकृत समन्वयकारी र प्रबद्र्धनात्मक ‘गुरुयोजना’ पर्यटनमा अति आवश्यक भइसकेको छ । यसले संस्कृति, पर्यटन, हवाई क्षेत्रको अलावा पर्यटनसँग सम्बन्धित क्षेत्रहरुलाई एकिकृत रुपमा सम्बोधन गर्ने खालको र शान्तिमैत्री हुनु पर्दछ ।

ज) प्राकृतिक सौन्दर्य भएका क्षेत्रहरुको संरक्षण र प्रवद्र्धन
प्राकृतिक सौन्दर्य भएका क्षेत्रहरु जस्तै ठूला ताल, हिमताल, मन्दिर, पहरा, झरना, जंगल, बन्यजन्तु, हिमालजस्ता क्षेत्रहरुबाट पर्यटकीय लाभ र प्रकृति संरक्षणको एकिकृत खाँका बनाई यि अपार सम्पदाहरुका साथै नेपालका भाषा, लिपी, संस्कृति, चाडपर्ब, सांस्कृतिक सम्पदा शान्तिमैत्री पर्यटनको लागि अति महत्वपूर्ण हुन्छ किनकी यिनीहरुले मानिसको मनोभावनालाई सकारात्मक बनाउँछन्, मानिसबीच जोड्छन् । त्यसैले यिनीहरुको संरक्षण र प्रबर्धन पनि नेपालको पर्यटनको महत्वपूर्ण अंगको रुपमा बिकास गर्न आवश्यक छ ।
झ) शान्तिमैत्री पर्यटनक्षेत्रको विविधीकरण

शान्तिमैत्री पर्यटनको क्षेत्रलाई विविधीकरण गरी वातावरणीय (वा परिस्थितिक) पर्यटन, कृषि पर्यटन, शैक्षिक पर्यटन, स्वास्थ्य पर्यटन (शान्ति केन्द्रित उपचार गर्न गर्न संसारभरबाट मानिस आउने), ग्रामीण पर्यटन, धार्मिक पर्यटन, ब्यावसायिक पर्यटन (अन्य गोष्ठी सभा–सेमिनारमा आउँदा केही समय थपी पर्यटकीय स्थल भ्रमण) चलचित्र पर्यटन, खानपीन पर्यटन जस्ता विविध क्षेत्र पहिल्याई त्यसलाई बिस्तार गरेर नेपालमा वर्षको ५० लाख पर्यटक भित्राउन सकिन्छ ।
निश्कर्षः

नेपालमा विश्वकै उच्च आठ वटा हिमाल सहित अग्लामध्यका सयांै हिमालहरु, सयौ हिमताल, खर्क, चरण, ठूला ताल, विश्वकै चर्चित मन्दिरहरु (लुम्बिनी, पशुपति आदि), विश्वकै थोरै भूपरिवेष्ठित देशमध्यको अति विविधता भएको देश नेपाल, संयुक्त राष्ट्र संघले विश्व शान्ति कायम गर्न पठाउने सेनाहरुमध्य सबैभन्दा धेरै सेनाहरु पठाउने देश, शान्ति पूर्ण रुपमा राजतन्त्रले गद्दी छोडेको देश, चीन र भारतजस्ता अति ठूला देशबीच अवस्थित देश भएकोले पनि विश्वका नागरिकको ध्यान नेपालले तान्न सक्छ । भारत र चीनमा आउने पर्यटकहरु मात्र हामीले नेपाल पनि ल्याउने वातावरण बनाउन सकेमा र विश्व भर हाम्रो यो विविधताको प्रचारप्रसार गर्न सकेमा नेपालमा वर्षको ५०–६० लाख पर्यटक भित्राउन सकिन्छ ।

राज्यले अहिलेको हाम्रा कुटनीतिक नियोगको कार्यशैली बदली लक्ष्य दिएर पर्यटक पठाउने ब्यवस्था मिलाउने, मौजुदा नीति–कार्यक्रम, ऐन कानून र नियमावली परिमार्जन गरी एकिकृत पर्यटनमैत्री एकद्वार प्रणालीसहितको नीति बनाई कार्यान्वयन गर्ने, निजी क्षेत्रलाई पर्यटन प्रबद्र्धनमा आवश्यक पर्ने सबै क्षेत्रमा सहजीकरण गर्ने, हालको पर्यटन बोर्ड पुनर्संरचना गरी बार्षिक रुपमा भित्राउनु पर्ने पर्यटकको संख्यासहित लक्ष्य तोकी कार्यकारी प्रमुख मूल्यांकन यसैको आधारमा गरी हटाउने सम्मको ब्यवस्था कानुनमै गर्न आवश्यक छ । (लेखक द्वन्द्व, शान्ति, भूरणनीति तथा सार्वजानिक नीति अध्यता हुनुहुन्छ)