नारायणगढ, असोज ११ गते । चितवन भरतपुर महानगरपालिका वडा नम्बर २९ पन्ध्र किलो स्थित मुग्लिङ नारायणगढ सडक खण्डमा सवारी दुर्घटना भएको छ । मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बा ३ ख १७५२ नंम्वरको माइक्रो र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २६२२ नंम्वरको दूध बोक्ने ट्याङ्कर गए राती ११ः३० बजे एक–आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । दुर्घटनाका घाइते सबै माइक्रो बसमा यात्रा गर्ने चालक सहितका यात्रु हुन् ।

दुर्घटनामा घाइते हुनेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्याङ्कर चालक मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर १ बस्ने पेमा लामा इलाका प्रहरी कार्यालय मुग्लिङको नियन्त्रणमा रहेको बताइएको छ ।