काठमाडौँ, असोज ९ गते । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज ४९ दशमलव १८ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से परिसूचक ४९ दशमलव १८ अङ्कले उकालो लागेर दुई हजार पाँच सय १९ दशमलव ५७ विन्दुमा सीमित भएको हो ।

अघिल्लो दिन रु पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार तीन सय ५६ मूल्यमा खरिद बिक्री भएकामा आज भने चार अर्ब ८१ करोड ३२ लाख २३ हजार चार बराबरको कारोबार भएको छ । कुल एक करोड २४ लाख ९४ हजार नौ सय ८९ कित्ता शेयर खरिदबिक्री हुँदा अघिल्लो दिनको तुलनामा शेयर करोबार भने खुम्चिएको नेप्सेले जनाएको छ । 

आज बैङ्किङ १ दशमलव ८, विकास बैङ्क २ दशमलव ७५, फाइनान्स ३ दशमलव ८०, होटल तथा पर्यटन ३ दशमलव ५०, हाइड्रोपावर २ दशमलव ६०, लगानी १ दशमलव ५६, जीवन बीमा १ दशमलव ९१, उत्पादन १ दशमलव ४४, माइक्रोफाइनानस १ दशमलव ४९, निर्जीवन बीमा १ दशमलव ६७, अन्य १ दशमलव ७५ र व्यापार समूह १ दशमलव ७८ प्रतिशत बढेका छन् । विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् र थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढेको नेप्सेले जनाएको छ ।