काठमाडौँ, असोज ९ गते । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा सातसय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ । महासङ्घका अनुसार हिजो एक लाख ५९ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । हिजो मङ्गलबार तोलामा १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला ४० रुपैयाँ बढेर एक हजार नौ सय ५५ रुपैयाँ पुगेको हो ।