विराटनगर, असोज ४ गते । कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने घोषणा गर्नुभयो ।

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले गर्नुभएको निर्णय सभामुख विष्टले आजको बैठकमा पढेर सुनाउनुभएको थियो । गत जेठ ११ गतेदेखि यो अधिवेशन सुरु भएको थियो ।