तुलसीपुर, भदौ ३१ गते । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निमा गिरीले पदबाट राजिनामा दिनुभएको छ । आज संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई उहाँले राजीनामा बुझाउनुभएको हो ।

उहाँले विविध कारणले सचेतकको भूमिका निर्वाह गर्न नसक्ने भन्दै राजीनामा दिनुभएको हो । गिरी २९ फागुन २०७९ मा सचेतक नियुक्त हुनुभएको थियो ।