सियोल, भदौ २९ गते । उत्तर कोरियाली नेता किम जोङले रूस भ्रमणका क्रममा सुरक्षा प्रमुख सर्गेइ शोइगुसँग वार्ता गरेपछि रूससँगको सम्बन्ध प्रगाढ बनाउने प्रतिबद्धता जनाउनु भएको छ । पश्चिमी शक्तिहरूले भने युक्रेनी युद्धमा प्रतिबन्धको अवहेलना गर्दै उत्तर कोरियाले रूसलाई हतियार बेचेको आरोप लगाएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुनमा प्योङयाङको गर्दा किमसँग आपसी रक्षा सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो भने उत्तर कोरियाले हालै रूससँगको सैन्य सम्बन्धलाई बलियो बनाएको छ । उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार पुटिन र किम जोङले “मैत्रीपूर्ण र विश्वासनीय वातावरणमा “रचनात्मक“ वार्ता गरेका छन् ।

द्विदेशिय रणनीतिक संवादलाई निरन्तर वृद्धि गर्दै आपसी सुरक्षा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अवस्थाको रक्षा गर्न सहयोगलाई सुदृढ पार्ने विषयमा व्यापक विचार आदानप्रदान भएको उत्तर कोरियाको सरकारी मिडियाले जनाएको छ ।

किमजोङ्ले जुनमा हस्ताक्षर गरेको सन्धिका आधारमा उत्तर कोरियाको सरकारले रूससँग सहयोग र सहकार्यलाई थप विस्तार गर्ने पुष्टि गर्नुभयो ।

यसै गरी रूसीको सुरक्षा परिषद्ले आफ्नो वेबसाइटमा किमसँगको शोइगुको भेटले रक्षा सम्झौताको “कार्यान्वयनमा महत्त्वपूर्ण योगदान दिने“ जनाएको छ ।

गत मे महिनामा रक्षामन्त्रीको पदबाट राजीनामा दिएपछि शोइगु रुसको सुरक्षा परिषद्को प्रमुख बन्नु भएको हो ।

उत्तर कोरियाले शुक्रबार पहिलो पटक युरेनियम सुविधाका तस्बिरहरू सार्वजनिक गरेको छ भने किमले “आत्मरक्षाका लागि आणविक हतियार द्रुत रूपमा अघि बढाउन सेन्ट्रिफ्युजको सङ्ख्या बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

अमेरिका र दक्षिण कोरियालगायतका राष्ट्रले उत्तर कोरियालाई रूसको युद्धका लागि सैन्य सामाग्री आपूर्ति गरेको आरोप लगाएका छन् भने यो दाबीलाई प्योङयाङले अस्वीकार गरेको छ ।

यस हप्ता सार्वजनिक एक द्वन्द्व हतियार अनुसन्धान प्रतिवेदनले उत्तर कोरियामा यस वर्ष उत्पादित मिसाइलहरू युक्रेनमा प्रयोग भइरहेको देखाएको छ ।

उत्तर कोरियाको सहयोगी रूस प्योङयाङसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने राष्ट्रहरू मध्ये एक हो भने सन् २०२२मा युक्रेन युद्ध सुरु भएदेखि पश्चिममासँग रूसीको सम्बन्ध बिग्रिएको छ ।