फाइल तस्वीर

काठमाडौँ, भदौ २८ गते । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २१ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले २१ लाख ९६ हजार संस्थापक सेयरधनीको उक्त सेयर बिक्रीमा राखेको हो । यो सेयर कम्पनीका वहालवाला सेयर धनीले मात्रै खरिद गर्न पाउने छन् ।
न्यूनतम २०३ रुपैयाँ प्रतिकित्ताको दरमा बिक्रीमा राखिएको उक्त सेयर, सेयर धनीहरुले कम्तीमा २ लाख कित्ता माग गर्दै आवेदन दिन सक्नेछन्। सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा भने कम्पनीले अन्य लगानीकर्ताका लागि आवेदन खुला गर्नेछ ।
इच्छुक संस्थापक सेयरधनीले कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा ३५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।