फाइल तस्वीर
काठमाडौँ, भदौ २८ गते । साताको छैटौँ दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले वृद्धि भएको हो ।

हिजो बिहीबार तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको सुनको मूल्य निरन्तर उकालो लाग्दै गएको छ । अघिल्लो दिनको तुलनामा छापावाल सुन प्रतितोला ३ हजार रुपैयाँले वृद्धि भएर तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको हो ।

त्यसैगरी आज शुक्रबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ बढेको छ । नेपाली बजारमा आज चाँदीको मूल्य १ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ ।