फाइल तस्वीर भाकपाका स्वर्गीय नेता सीताराम येचुरी ।
नयाँदिल्ली, भदौ २७ गते । भारतीय कम्युनिस्ट पार्टी (मार्क्शवादी) का नेता सीताराम येचुरीको आज निधन भएको छ ।

श्वासप्रश्वास नलीमा सङ्क्रमण देखिएपछि दुई हप्ताअघि अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचारका लागि भर्ना हुनेभएका भाकपा मार्क्शवादीका महासचिव येचुरीको आज बिहीबार उपचारको क्रममा दिउँसो ३.०५ बजे निधन भएको हो ।

महासचिव येचुरी सन् २००५ देखि २०१७ सम्म भारतको पश्चिम बङ्गालराज्यबाट राज्यसभाको सांसद बन्नुभएको थियो ।