फाइल तस्वीर
काठमाडौँ, भदौ २७ गते । नेपाली बजारमा आज सुन मूल्यमा झिनो गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सूनमा प्रतितोला एक सय रुपैयाँ सस्तो भएको छ । आज बिहीबार सुन प्रति तोलाको १ लाख ५३ हजार ३ सय रुपैयाँ र चाँदी १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।

सुनको मूल्यमा एक सय रुपैयाँले गिरावट हुँदा चाँदी मूल्यभने प्रतितोला १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन सुन १ लाख ५३ हजार ४ सय र चाँदी १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ५१८ अमेरिकी डलर र चाँदी २८.७७ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।