लुम्बिनी, भदौ २६ गते । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिनुभएको राजिनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गर्नुभएको छ ।

बाँके क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मी गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री नियुक्त हुनुभएको थियो । मन्त्रीमा नियुक्त भएदेखिनै उहाँको बारेमा मानव अधिकारकर्मीले विरोध गर्दै आएका थिए । आफूमाथि लागेको आरोपबारे छानबिन गर्न मार्ग प्रसस्त गर्न उहाँले मन्त्री पदबाट राजिनामा दिनुभएको हो ।