काठमाडौँ, भदौ २३ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५२ हजार एक सय रुपैयाँ निर्धारण भएको हो ।

यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ९५रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ५०रुपैयाँ निर्धारण भएको छ ।