काठमाडौँ, भदौ १९ गते । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पाँच लाखदेखि १ करोडसम्मको शैक्षिक कर्जा सार्वजनिक गरेकोे छ । बैंकका अनुसार उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा सार्वजनिक गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकको ’शैक्षिक कर्जा’ अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ । बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी बैंकको निर्णयमा उल्लेख छ ।

साथै थप जानकारीका लागि नजिकको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ ।