काठमाडौँ, भदौ १६ गते । साताको पहिलो दिन आज आइतबार स्थानीय बजारमा सुनको मूल्य तोलामा छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ५२ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५२ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २५ ले घटेको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि  एक हजार सात सय ९५ निर्धारण भएको छ ।