फाइल तस्वीर

काठमाडौँ, भदौ १४ गते । साताको छैटौँ दिन आज शुक्रबार नेपाली बजारमा सुन, चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बिहीबार सुनको मूल्य १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेकोे छ ।