प्रतिकात्मक तस्वीर
धरान, भदौ १४ गते । धरानमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । विद्यालयबाट घर फर्कँदै गर्दा धरान–११ ऐश्वर्य मार्गको ड्रेनमा आएको भेल बाढीले बगाएर धरान उपमहानगरपालिका–११ पृथ्वीचोकका १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको हो ।

बिहीबार दिउँसो परेको भारी वर्षाका कारण ड्रेनमा आएको बाढीले बगाउँदा मृत्यु भएको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालक लिम्बु भिक्टोरी विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साथीसँगै विद्यालयबाट घर फर्कने क्रममा लिम्बूलाई बाढीले बगाएको थियो ।

धरान–११ मङ्गलबारे नजिक डे«नबाट बगाएर धरान–१७ ठकुरीखोलास्थित करिब दुई किलोमिटर तल झाडीमा अड्किएको अवस्थामा लिम्बूमृत भेटिएको प्रहरीको भनाई छ ।