फाइल तस्वीर
काठमाडौँ, भदौ १२ गते । नेपालमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता आज फाइनल खेल सुरुभएको छ । आयोजक राष्ट्र नेपालले आज बुधबार उपाधिका लागि बङ्गलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।
सार्क सदस्य राष्ट्रका छ टिम सम्मिलित साफ यु–२० को जारी प्रतियोगितामा नेपालले भुटानलाई र बङ्गलादेशले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा पुगेका हुन् ।
तीन पटकको विजेता नेपालले बङ्गलादेशलाई हराएर चौंथो पटक उपाधि रक्षा गर्ने योजनाका साथ मैदानमा उत्रिएको छ भने यता चार पटक उपविजेता बनेको बङ्गलादेश पनि उपाधि चुमेर नयाँ इतिहास कोर्ने दाउमा छ । चार पटकसम्म फाइनलमा प्रतिस्पर्धा गरेको बङ्गलादेशले अहिलेसम्म साफ यु–२० को उपाधि चुम्न सकेको छैन ।