फाइल तस्वीर
काठमाडौँ, भदौ १२ गते ।
स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज निर्धारण भएको मूल्यका आधारमा पहेँलो धातु हालसम्मकै महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मङ्गलबारको तुलनामा आज छापावाला सुन तोलामा आठ सय रुपैयाँले वृद्धि भई नयाँ कीर्तिमान कायम गरेको छ । मङ्गलबार प्रतितोला एक लाख ५२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५३ हजार एक सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको छ । मङ्गलबार प्रतितोला एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय ५५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।