कोलम्बो, भदौ ११ गते । श्रीलङ्काले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीको सामना गर्न पहिलो जलवायु–स्मार्ट कृषि (सीएसए) लगानी योजनाको निर्माण सुरु गरेको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले मङ्गलबार एक विज्ञप्ति जारी यस्तो जानकारी दिएको हो ।

योजना हरित जलवायु कोष (जीसीएफ) द्वारा वित्त पोषित छ भने एफएओले वातावरण मन्त्रालय र कृषि मन्त्रालयको साझेदारीमा कार्यान्वयन गरेको छ । योजनाको उदेश्य जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट कृषि क्षेत्रलाई जोगाइ रणनीति विकास गर्नु हो ।

श्रीलङ्का उष्ण जलवायुका साथ, जलवायु परिवर्तन प्रभावको संवेदनशील स्थानमा छ भने ग्लोबल “क्लाइमेट रिस्क इन्डेक्सका” अनुसार मौसमी घटनाको जोखिममा रहेका शीर्ष दश देशमा छ । जसले बढ्दो तापक्रम, अनियमित वर्षा लगायतका मौसमी परिवर्तनको सङ्केत गर्ने जनाउदै परिणाम स्वरुप कृषि उत्पादन र पानीको उपलब्धता घट्न थालेको एफएओले जनाएको छ ।

एक अनुसन्धानले शुष्क र मध्यवर्ती क्षेत्रमा जलवायु परिवर्तनको कारण मौसमको जोखिम रहेकाले प्रभाव कम गर्न क्रियासिल नरहेमा औसत १०–१२ प्रतिशत उत्पादन घट्ने प्रक्षेपण गरेको छ । यो योजना जलवायु परिवर्तनका लागि लचिलो भई कृषि विकासलाई बढावा दिन रणनीतिक खाका बनाउन सुरुवात गरिएको एफएओले जनाएको छ ।