साङ्केतिक तस्वीर
धनकुटा, भदौ ९ गते । सङ्खुवासभाको उम्लिङबाट इटहरी जाँदै गरेको को १ ज २१३७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको छ । आज आइतबार १० जना यात्रुलिएर इटहरीको लागि हिडेको को. १ ज २१३७ नम्बरको बोलेरो जिप धनकुटा नगरपालिकाको वडा नम्बर ६ फोक्लेन टापुमा ब्रेक फेल भएर भीरबाट करिब ९० मिटर तल खसेर दुर्घटना भए हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी श्यामसिंह चौधरीका अनुसार उक्त जिपमा चालकसहित १० जना सवार थिए । त्यसमध्ये दुई जना बालक सामान्य घाइते भएका र उनीहरू जिल्ला अस्पतालमा उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । उक्त जिपको ब्रेकमा समस्या भएपछि मर्मतका लागि गाडी बनाउने ठाउँमा लगेर पार्किङ गर्नेक्रममा गाडी पल्टिएको प्रहरीको भनाई छ । जिपमा सवार सबै यात्रुहरु सकुशल रहेको बताइएको छ ।