काठमाडौँ, भदौ ९ गते । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १० प्रतिशत बोनस सेयर र ० दशमलव ५२ प्रतिशत नगद लाभांशसमेत गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समिति बैंठकले यस अघि घोषणा गरेको हकप्रद सेयरको दर पनि घटाएको छ । कम्पनीले यसअघि १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । तर, यसलाई परिमार्जन गरी ७ प्रतिशत मात्र हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको ५ अर्ब चुक्ता पुँजी पुर्याउन १० प्रतिशत बोनस सेयर प्रश्चात ७ प्रतिशत मात्र हकप्रद जारी गरी बीमा प्राधिकरणले उक्त प्रस्ताव स्वीकृति गरेपछि आगामि वार्षिक साधारण सभामा स्वीकृतीको लागि पेश गर्ने जनाएको छ ।